• २०८२ कार्तिक ३ गते आइतवार
  • Preeti To Unicode

गितकार हरीभक्त बुढाथोकीको शब्दमा “संघर्ष” सार्वजनिक भएको छ


काठमाडौँ – गत: शनिबार गीतकार संघ नेपालबाट “संघर्ष” म्युजिक भिडियो सार्वजनिकीकरण गरिएको छ। गितकार हरीभक्त बुढाथोकीको शब्द, चेतन चुँडालको संगीत र श्रेय अगस्तीको स्वरमा रहेको संघर्षको संगीत संयोजन चाँद सिंह, मिक्स मास्टर महेश्वर मान राजभण्डारीको छ।

सरोज खनाल, दिपेन्द्र सोनाम र दिपेन्द्र राज गिरीको संयुक्त अभिनय एवं आएल्प शेर्पाको बाल अभिनयमा बनेको उक्त म्युजिक भिडियोको शृंगार पुनम चौधरी, छायांकन दिनेश पराजुली, सम्पादन विकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन् भने कथा साक्षी-श्रेय र भिडियो व्यवस्थापन संकेत अगस्तीको हो। संघर्ष म्युजिक भिडियोमा मानिसको जीवनको संघर्ष एवं एउटा पिता र उसको सन्तानको बिग्रेको सम्बन्धलाइ जताइएको छ। सर्जक बुढाथोकी भन्छन्, “हिजो हामी जन्मिनु अघि अन्धकारमा थियौं, आज दियो झैं बलेर उज्यालो फैलाई रहेका छौं, भोलि फेरि त्यही अन्धकारमा विलिन हुनेछौं। जीवन र मृत्युविचको गुज्रिएको पल नै जीन्दगी हो। जीवन र मृत्यु संगै लिएर आएको जिन्दगी जीवन भरी संघर्ष गर्दछन तर त्यो संघर्ष आफ्नो लागी मात्र नभएर समाजको लागि पनि होस आफ्ना सन्तानलाई कुसङ्गमा लाग्न बाट रोक्न खर्च भन्ने सन्देश दिने प्रयास गरिएको छ।

गितकार हरिभक्त बुढाथोकी नेपाली साहित्य र समाजसेवामा एउटा उदाहरणीय नाम हो । एक दर्जन भन्दा बढि पुस्तकका लेखक,साथै ४ विविध विधामा सोध्यपत्र समेत लेखीएका अब्बल ब्याक्ति हुन । साथै नेपालीमा ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक र ती पुस्तकहरू हुन “सवारी ज्ञान” “ड्राइभिङ्ग शिक्षा” तथा English मा “Motor driving” आदि ड्राइभिङ्ग सम्बन्धी पत्रीकाका पहिलो सम्पादक र प्रकाशक तेरथुम जिल्लाका पहिलो नाटककार हुन । उपन्यासकार, गीतकार, कथाकार (साहित्यकार) मा समेत हरिभक्त बुढाथोकी निकै अब्बल मानिन्छन् ।

” ८६ वर्षीय गीतकार हरिभक्त बुढाथोकीको यसअघि “मेरो बाबा”, “बुढेसकाल”, “नजर लाग्ला नी”,”नजरमा नजर मिलेपछि ” “दुरी मलाइ हुनु छैन” र “मलाइ हार्न दिंदैन” चर्चित गीतहरुमा पर्छन्।https://youtu.be/qD5X6jBYZow

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार