• २०८२ कार्तिक ४ गते सोमवार
  • Preeti To Unicode

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना : एक महिलाको मृत्यु, एक घाइते


काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका–४, पानीघाटमा शनिबार बेलुका भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने एक पुरुष घाइते भएका छन्।

पानीघाटको सडकखण्डमा बेलुका करिब पौने ८ बजे दुर्घटना हुँदा नुवाकोट ककनी–१ की ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको हो। उनीसँगै सवार मोटरसाइकल चालक ४० वर्षीय मानबहादुर बलामी घाइते भएका छन्। दुवै जनाको स्थायी ठेगाना नुवाकोट ककनी–१ रहेको प्रहरीले जनाएको छ।

उनीहरू मकवानपुरको चित्लाङबाट काठमाडौंतर्फ आउँदै गर्दा उक्त स्थानमा दुर्घटनामा परेका थिए। तत्कालै दुबै जनालाई एपीएफ अस्पताल, बलम्बु लगिएको थियो। उपचारका क्रममा सुनिता बलामीको मृत्यु भएको हो भने मानबहादुर बलामीको उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल बागमती प्रदेश ०२–०१ प ८०६८ नम्बरको रहेको छ। हाल उक्त मोटरसाइकल थानकोट प्रहरी वृत्तमा राखिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार