• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

दसैँका लागि अग्रिम टिकट बुकिङ बन्द गर्दै महासंघ


काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने भएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैठक बसेर औपचारिक रूपमै अग्रिम टिकट काट्ने व्यवस्था स्थगित गर्न लागिएको जानकारी दिए।

सबै सडक अवरुद्ध भएकाले काठमाडौंबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको उनले बताए।

सोमबार पृथ्वीराजमार्ग हुँदै गएका गाडी र यात्रु बीच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेको उनको भनाई छ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार