काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२.६७ रुपैयाँ रहेको छ । प्याज सुकेको १०४ रुपैयाँ, लोकल गाजर ११५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली १२५ रुपैयाँ, बन्दा लोकल ३७.६७ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ८५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।