• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

 हङकङ सुपर सिक्सेसः इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित 


काठमाडौं । ङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित जित हात पारेको छ । ९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो ।

निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । उनले १२ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ५० रन बनाए । अर्का ओपरन लोकेश बमले ११ बलमा २० रन बनाए ।

टस हारेर पहिला ब्याटिङमा उत्रेको इंग्ल्यान्डका लागि कप्तान रवि बोपाराले विस्फोटक ब्याटिङ गरे । नेपालका लागि विवेक यादव र प्रतिश जीसीले दुई दुई विकेट लिए भने लोकश बम र नारायण जोशीले एक एक विकेट लिए ।

प्रकाशित मिति : २०८१ कार्तिक १६ गते शुक्रवार