• २०८२ फाल्गुन २८ गते बिहिवार
  • Preeti To Unicode

उपनिर्वाचनः मतदान प्रक्रिया जारी, अहिलेसम्म करिब ३२ प्रतिशत मतदान


काठमाडौं । स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म करिब ३२ प्रतिशत सम्पन्न भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस तीन घण्टाको अवधिमा करिब ३२ प्रतिशत मतदान भइसकेको जानकारी दिए । उनका अनुसार सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् । तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार