• २०८२ मङ्सिर २५ गते बुधवार
  • Preeti To Unicode

 स्थानिय तहको उपनिर्वाचनः हालसम्ममा ४५ प्रतिशत खस्यो मत


काठमाडौं । स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान भएको हो । निर्वाचन आयोगका अनुसार यस ६ घण्टाको अवधिमा करिब ४५ प्रतिशत मतदान भइसकेको जानकारी दिएको छ । उसका अनुसार सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् । तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार