हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा २८ सय ६७ मत खस्यो 


काठमाडौं ।  प्रतिभा आधारभूत विद्यालय हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा दिउँसो ३ बजेसम्म २ हजार ८ सय ६७ मत खसेको छ । प्रतिभा आधारभूत विद्यालय हेटौंडा १२ सिग्रेनी मतदान केन्द्रमा कुल चार हजार मतदाता रहेकोमा दिउँसो ३ बजेसम्म २८ सय ६७ मत खसेको हो ।

मतदान स्थलमा एकदमै शान्तिपूर्ण रुपमा नै मतदान भइरहेको र दलबीचको तनाव नदेखिएको जनाइएको छ । निर्वाचनका लागि प्रतिभा माध्यमिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा चार मतदान केन्द्र गरी नौ वटा रहेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार