Breaking जन आवाज/जन सुरक्षा

गीतसंगीत भनेपछि लठ्ठै पर्छु, नेता नभएको भए कलाकार हुन्थेँ होला : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाल्यकालदेखि नै आफूलाई कलाकार बन्ने रहर रहेको बताएका छन् । जमलस्थित नाचघरमा आयोजित ‘राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड -२०७८’मा सहभागी भएका प्रचण्डले अहिले नेता नभएको भए कलाकारिता क्षेत्रमा लागेको हुने बताएका हुन् ।

‘गीतसंगीत, संस्कृति र खेलकुद भनेपछि मेरो लठै पर्ने बानी छ। म पनि निकै भावुक छु । सम्मानित भएको कलाकारहरुलाई देख्दा म पनि यस्तै भएको भए हुन्थ्यो होला लागिरहेको छ । सानोमा मैले गीत संगीत र नाच्नेमा करियर लैजाने होकी भनि सोचेको थिए । तर इच्छा भएर पनि परिस्थितिले साथ दिएन । नत्र म पनि कलाकार नै हुन्थे होला जस्तो लाग्छ’ उनले भने ।

कला संस्कृती र खेलकुदको क्षेत्र भनेको राष्ट्रलाई एकताबद्ध गर्ने र प्रतिष्ठा बढाउने विधा भएको उनकाे भनाइ थियाे । राजनीतिक कार्यक्रम ‘निरस र भावरहित’ हुने पनि उनले तर्क गरे ।

उनले भने ‘राजनीतिक कार्यक्रममा घोचपेच र अझ अचेल त गालीगलौज नै हुन थालेको छ। त्यस्तो कार्यक्रमको चटारोबाट यस्तो रसिलो, भावुक, संगीतमय र लोकसंस्कृति झल्किने कार्यक्रममा आउन पाउँदा रिल्याक्स महसुस गरेको छु ।’

About the author

admin