21 C
Kathmandu
Friday, September 22, 2023
spot_img

राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा

राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गर्नुभएको छ । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार आज राष्ट्रपति भण्डारीले पूजा आराधना गर्नुभएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले राससलाई जानकारी
दिनुभयो ।

बडीमालिकाको पूजा सकेर राष्ट्रपति भण्डारी सुर्खेत फर्किनुभएको हो । बडीमालिकामा राष्ट्रपति भण्डारीको आगमनले यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,867FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles