26.1 C
Kathmandu
Sunday, April 14, 2024
spot_img

मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले

मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ । मङ्गलबार साँझ सम्पन्न चारवटै पालिकाको प्राप्त नतिजाअनुसार मध्यपुरथिमि नगर कार्यपालिकामा २८ मत प्राप्त गरी गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनुभयो । महिला सदस्यतर्फ कांग्रेसका उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी हुनु भएको छ भने दलित एवं अल्पसङ्ख्यकतर्फ जसे सार्की र सरोज परियार विजयी हुनु भएको छ । माओवादी केन्द्रबाट बालकृष्ण परियार विजयी हुनुभएको सिलवालले जानकारी दिनुभयो । विजयी कार्यपालिका सदस्यलाई निर्वाचत अधिकृत मैया कँडेलले प्रमाणपत्र प्रदान गर्नुभयो भने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सपथ ग्रहण गराउनुभयो ।

त्यसैगरी चाँगुनारायण नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेमकिपाको उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा कांग्रेसको तर्फबाट महिला सदस्यमा निर्मला केसी, पूजा बर्देवा, सीतादेवी दाहाल लामिछाने, दलित एवं अल्पसङ्ख्यकतर्फ दधिराम धिमाल र नेमकिपाको तर्फबाट महिलातर्फ कमला भारती गिरी, अल्पसङ्ख्यकतर्फ जीवन नेपाली र युवराज सार्की बयरकोटी तथा राप्रपाबाट सोनु विश्वकर्मा रहेको नेपाली कांग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसीले जानकारी दिनुभयो । निर्वाचित सदस्यलाई चाँगुनारायणका निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभयो भने नगर प्रमुख जीवन खत्रीले शपथ ग्रहण गराउनुभएको थियो ।

त्यसैगरी सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका छन् । कार्यपालिका सदस्य महिलामा कमला पोखरेल, तारा सापकोटा, शर्मिला बस्नेत, हेमा दाहाल खतिवडा, सावित्री मिश्र र दलित एवं अल्पसङ्ख्यकतर्फ सुमन परियार, प्रजुन त्रिखती, सुनिल भुजेल निर्वाचित हुनुभएको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । विजयी सदस्यलाई निर्वाचत अधिकृत सरिताकुमारी खतिवडाले प्रमाणपत्र प्रदान गर्नुभयो भने नगर प्रमुख वासुदेव थापाले शपथ ग्रहण गराउनुभएको थियो ।

त्यसैगरि भक्तपुर नगरपालिकाको नगर कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सुनिता अवाल ९प्रजापति०, कृष्णप्यारी भुजू, रोशनमैया सुवाल, रञ्जना त्वाती, छोरीमैया सुजखु प्रजापति हुनुभएको छ । दलित तथा अल्पसङ्ख्यकमा उम्मेदवारी नपरेको बताइएको छ । निर्वाचित सदस्यलाई नगर प्रमुख सुनिल प्रजापतिले शपथ गराउनुभएको थियो । (((

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles