24.4 C
Kathmandu
Monday, September 25, 2023
spot_img

ग्रिसमा रेलको दुर्घटनामा परि ३२ जनाको मृत्यु

ग्रिसमा रेलको दुर्घटनामा परि ३२ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते भएका छन् । मंगलबार राति दुई वटा रेल एक आपसमा ठोक्किएको बीबीसीले जनाएको छ।

एउटा मालबाहक रेल र अर्को यात्रुवाहक रेल मध्य ग्रिसको लारिसा सहर नजिकै दुर्घटनामा परेका हो। बीबीसीका अनुसार एथेन्सबाट थेसालोनिकी जाँदै गरेको यात्रु बाहक ट्रेन र थेसालोनिकीबाट लारिसा जाँदै मालवाहक ट्रेनको बिचको ठक्कर भएको थियो।

जसमा यात्रुवाहक रेलमा सवार मध्ये २५० जनाको उद्दार गरिएको छ । यस्तै उक्त रेलमा ३५० भन्दा बढी यात्रु सवार रहेका थिए।

ट्रेनको ठक्करका कारण र कसको गल्ति भन्ने अहिले सम्म नखुलेको जनाइएको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,870FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles