23.1 C
Kathmandu
Wednesday, September 20, 2023
spot_img

रास्वपाले परिवर्तन ग-यो चुनाव चिन्ह

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको चिन्हमा केहि परिवर्तन गरेको छ।

रास्वपाले गोलाकारभित्रको घण्टी रहेकोमा गोलाकार हटाएर घण्टी मात्र राखिएको एक विज्ञप्तिमार्फत जनाएको छ। यसअघि रास्वपाको घन्टी चिन्हमा गोलाकार भित्र घन्टी रहेको थियो। अहिले उक्त गोलाकार चिन्हलाई हटाइएको छ।

‘पार्टीले निर्वाचन आयोगमा पेश गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिन्ह सम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेश गरेको संशोधन प्रस्तावलाई आयोगको मंगलबार बसेको बैठकले स्वीकृत गरेसँगै अब पार्टीको चुनाव चिन्ह ‘घण्टी’कायम भएको जानकारी सम्बन्धित सबै सरोकारवालाहरुलाई गराउँदछौं ।’ रास्वपाको बिज्ञप्तिमा उल्लेख छ।

चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी बैशाख १० गते हुँदै छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,868FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles