• २०८२ कार्तिक २६ गते मङ्गलवार
  • Preeti To Unicode

प्युठानमा ६९ वर्षीय वृद्धको हत्या: एक महिलासहित दुई जना पक्राउ


काठमाडौँ  – प्युठानको गौमुखी गाउँपालिका–५ मा ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ। १८ माघको बिहान उपल्लो फुर्सेधारास्थित कच्ची सडकमा उनको शव मृत अवस्थामा फेला परेको थियो।

घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदु कुमारी न्यौपानेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार डीएसपी दीपेश बस्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले २४ घण्टाभित्रै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानले घटनामा जेदु कुमारीको संलग्नता देखाएको छ। प्रहरीले प्राप्त गरेको जानकारीअनुसार जेदु कुमारीले चिन्तामणिलाई फोन गरेर बोलाएकी थिइन्। त्यसपछि लोकबहादुर गिरीसँग मिलेर ढुंगा र बन्दुकको बट प्रहार गरी हत्या गरेको खुलेको छ।

प्रहरीका अनुसार मृतकको टाउको, अनुहार, नाक, र मुखमा गहिरो चोट लागेको छ। हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको छ, र थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार