• २०८२ कार्तिक १२ गते मङ्गलवार
  • Preeti To Unicode

 ८७ करोड रुपैयाँ लगानी गर्ने तयारीमा राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुमा ८७ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको उक्त रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ६९ करोड ६० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १३ करोड ५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ४ करोड ३५ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले असोज १८ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ कात्तिक ४ गतेदेखि २०८२ वैशाख ६ गतेसम्म १८१ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार