• २०८२ कार्तिक ६ गते बुधवार
  • Preeti To Unicode

आजदेखि भारी वर्षाको सम्भावना भएकाले यात्रा गर्दा सावधानी अपनाउनुहोला : प्राधिकरण


काठमाडौं । आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

यही १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले प्राधिकरणले निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार