काठमाडौं । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ । मन्त्रीपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रुपमा कार्यान्वयनमा आइरहेकोे गृह मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा÷आउँदा बिदाइ र स्वागतमा अन्र्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधीकारीको संख्या कटौती गृह मन्त्रालयका सुचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।
‘
भीभीआईपी विदेश भ्रमणमा जाँदा विमानस्थलमा पदाधीकारीहरु उपस्थित हुनुपर्ने व्यवस्था लामो समयदेखि रहेपनि गृहमन्त्रीको पदाधीकारी उपस्थित हुनुपर्ने संख्या घटाउने प्रस्ताव चार दिन अघि मन्त्रीपरिषद्ले कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेको छ ।’ सुचना अधिकारी तामाङले भने, ‘भीभीआईपीको स्वागत र बिदाइ व्यवस्थीत र प्रभावकारी बनाउन संशोधन गरिएको हो ।’
प्रस्ताव संशोधित कार्यविधिअनुसार राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधीकारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति सहित २३ जना पदाधीकारी विमानस्थलमा उपस्थित हुने गरेका थिए । ‘अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किदा गरिने स्वागत र बिदाइलाई प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको छ ।’ उनले भने,‘सुरक्षा व्यवस्थापन कार्यविधि–२०८०, पहिलो संशोधन भएको हो ।’त्यसैगरी राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्र्तराष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधीकारीको संख्या पनि घटाइएको छ ।