19.1 C
Kathmandu
Tuesday, March 26, 2024
spot_img

काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो ।

जिल्लामा एक लाख ८७ हजार तीन सय ३० जनाले मतदान गरेका थिए । जिल्लामा तीन लाख १० हजार ६३ मतदाता रहेका थिए । जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार चार सय ६२ महिला तथा एक लाख आठ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए । क्षेत्र नं १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ चार हजार चार सय २६ तथा समानुपातिकतर्फ तीन हजार सात सय २२ मत बदर भएको छ ।

क्षेत्र नं १ प्रदेशसभा (१) मा प्रत्यक्षतर्फ एक हजार पाँच सय ८४, प्रदेशसभा (२) मा प्रत्यक्षतर्फ एक हजार चार सय ६३ तथा प्रदेशसभा (१) र (२) मा समानुपातिकतर्फ चार हजार आठ सय ७२ मत बदर भएका थिए । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ तीन हजार आठ सय ३७, समानुपातिकतर्फ तीन हजार नौ सय १३ तथा क्षेत्र नं २ (१) मा प्रत्यक्षतर्फ एक हजार चार सय ५१, क्षेत्र नं २ (२) मा एक हजार सात सय ५१ तथा समानुपातिकतर्फ पाँच हजार चार सय २६ मत बदर भएका थिए ।

यसैबीच प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको मतपरिणामअनुसार काभ्रेपलाञ्चोकका ५० उम्मेदवारको जमानत जफत भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा गरी जम्मा ६४ को उम्मेदवारी कायम भएको थियो । धरौटी जोगाउन नसक्ने उम्मेदवार ७८ प्रतिशत छन् ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles