16.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

काठमाडौंमा बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौंमा बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको अनुसार स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा उनलाई फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । उनको स्थाई घर दाङ तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles