28.2 C
Kathmandu
Tuesday, September 26, 2023
spot_img

नेप्से दोहोरो अंकले लाग्यो ओरालो

आज सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २६.४७ अंकले घटेर १९००.६९ मा आएर बन्द भएको हो।

बिहीबार नेप्सेमा २८ हजार ५०० कारोबारमा ३६ लाख ५७ हजार १५४ कित्ता धितोपत्र कारोबार हुँदा १ अर्ब ३३ करोड ६३ लाखको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड १३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ३ लाख र एनआईशी एशिया बैंकको ४ करोड ३७ लाखको कारोबार भएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८१ अंकले घटेर तीन सय ७३ दशमलव ५६ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल कारोबार भएका कम्पनीमध्ये १९ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ९४ कम्पनीको शेयर मूल्य भने घटेको छ ।

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,871FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles