21.6 C
Kathmandu
Wednesday, September 27, 2023
spot_img

अग्नि सापकोटा भन्छन्- शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहयोग गर्न चीन तयार छ,

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपालको शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सहयोग गर्न चीन तयार रहेको बताएका छन्।

चीन भ्रमणबाट फर्केपछि शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। भ्रमणका क्रममा नेपाल- चीन सम्बन्ध कस्तो हुनुपर्छ र आगामी दिनमा यसलाई कसरी अघि बढाउनुपर्छ भन्ने विषयमा सघन छलफल भएको उनको भनाइ छ।

सापकोटाले भने- नेपालमा उहाँहरूले शान्ति प्रक्रियाको बाँकी कामबारे चासो राख्नुभएको थियो। हामीले तपाईंहरूले सहयोग गर्नुपर्छ भन्दा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जस्तोसुकै सहयोग गर्न तयार छौँ।

बरु एउटा असल मित्रको हैसियतले हामीलाई सबै कुरा खुलस्त भनिदिनुभयो भने सहयोग गर्न सहज हुन्छ भन्नुभयो।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,873FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles