• २०८२ मङ्सिर १८ गते बुधवार
  • Preeti To Unicode

काठमाडौं र ललितपुरका यी स्थानमा ५ घण्टा विद्युत् अवरुद्ध, मिति र समय हेर्नुहोस्


काठमाडौँ  – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल विद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका कारण माघ २१ देखि २९ गतेसम्म प्रत्येक दिन बिहान ११:०० बजे देखि अपराह्न ४:०० बजेसम्म विद्युत् आपूर्ति रोक्ने जनाएको छ।

प्राधिकरणका अनुसार, विद्युत् अवरुद्ध हुने क्षेत्रहरू निम्नानुसार छन्:

  • माघ २१: टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुल क्षेत्र
  • माघ २२: कलंकी मालपोत कार्यालय वरपर
  • माघ २३: बालकुमारी, इमाडोल, लुभु क्षेत्र
  • माघ २४: नैकापदेखि बलम्बु क्षेत्र
  • माघ २५: बल्खु चोकदेखि चोभार गेट क्षेत्र
  • माघ २७: बाबा चोकदेखि क्रिकेट स्टेडियम क्षेत्र
  • माघ २८: गोशाला चोकदेखि पुरानो बानेश्वर क्षेत्र
  • माघ २९: रोतोपुलदेखि गौशाला क्षेत्र

यस विद्युत् अवरुद्धका कारण स्थानीय बासिन्दा, व्यवसाय, बैंक, अस्पताल तथा अन्य अत्यावश्यक सेवाहरूमा असर पर्ने अनुमान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताहरूलाई वैकल्पिक उपाय अपनाउन, चार्जेबल उपकरणहरू अगाडि नै चार्ज गर्न, र अत्यावश्यक कार्यहरू समयमै सम्पन्न गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार