• २०८१ मङ्सिर १९ गते बुधवार
  • Preeti To Unicode

‘द काठमाडौं गलाम गला’ सौन्दर्य प्रतियोगिता सम्पन्न


Combined Photograph

काठमाडौं । ‘द काठमाडौं गलाम गला’ सौन्दर्य प्रतियोगिता २०८१ भव्य रूपमा सम्पन्न भएको छ। यो कार्यक्रम काठमाडौंको नाचघरमा डि.इ इभेन्सको आयोजनामा सम्पन्न भएको हो।

सौन्दर्य, प्रतिभा, र आत्मविश्वासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा महिला तर्फ कविता घले र पुरुष तर्फ समिर बाबु साह विजेता घोषित भए। विजेताहरूले सम्मान सहित नगद रु. एक/एक लाख पुरस्कार प्राप्त गरे। त्यस्तै, अभि श्रेष्ठ र रेजिना थापा रनर अप भएका छन् भने आयोजकको रोजाइ (Organizer Choice)मा प्रकृति शर्मा र रोहन नगरकोटी चयन भएका छन्। यसैगरी, ‘फेस अफ द काठमाडौं गलाम गला’ को उपाधि सिम्रिका खत्रीले जितेकी छिन्।

All Winners Photograph

कार्यक्रमले युवापुस्ताको आत्मविश्वास र प्रतिभालाई उजागर गर्न मद्दत गरेको आयोजकले जनाएको छ। विभिन्न प्रतिस्पर्धामार्फत सहभागीहरूले आफ्नो क्षमता प्रस्तुत गरेका थिए। आयोजकले यस प्रकारका कार्यक्रमले युवाहरूलाई थप अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार