29.1 C
Kathmandu
Friday, April 19, 2024
spot_img

कलाकारहरु कांग्रेसमा प्रवेश

आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश गर्नुभएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उहाँहरुलाई आज पार्टी प्रवेश गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेतासमेत रहनुभएका कलाकार नीर शाहलगायत सहभागी हुनुहुन्थ्यो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles