19.1 C
Kathmandu
Tuesday, March 26, 2024
spot_img

राससलाई निष्पक्ष समाचार संस्थाको रुपमा थप विकसित गर्छु : कार्यकारी अध्यक्ष झा

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई राष्ट्रको आवाज बोक्ने निष्पक्ष, स्वतन्त्र र आधिकारिक समाचार संस्थाको रुपमा थप विकसित गरिने जानकारी दिनुभएको छ ।

आज बिहान भद्रपुरस्थित रासस झापा कार्यालयको निरीक्षण गर्दै उहाँले रासस जनताको करबाट सञ्चालित सरकारी निकाय भएको हुँदा यसको सेवा जनमुखी, पूर्वाग्रहमुक्त र देशको आवाजबाहक बन्नुपर्छ भन्नुभयो ।

“म अहिले राससको अवस्था र सम्भावनाका बारेमा अध्ययन गरिरहेको छु, केही कोणबाट रासस निष्पक्ष भएन भन्ने आरोप आउने गरेको सुनिरहेको छु”, उहाँले भन्नुभयो, “राष्ट्रको प्रतिष्ठा जोडिएको संस्था भएकाले राससकर्मीले राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त भएर निष्पक्ष र साझा बनेर काम गर्नुपर्दछ ।”

राससको समाचार अझ बढी विश्वसनीय, जनमुखी र खोजमूलक बनाउन आफ्नो भूमिका रहने जनाउँदै उहाँले राससको ग्राहक र पाठक वृद्धिका लागि कार्ययोजना ल्याइने बताउनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अनुगमन अधिकृत लोकराज भट्ट, महासङ्घ झापाका पूर्वअध्यक्षद्वय गोविन्द्रचन्द क्षेत्री र मोहन काजी, महासङ्घका केन्द्रीय पार्षद ज्ञानेन्द्र निरौलाले समेत रासस कार्यालयको निरीक्षण गर्नुभयो ।

रासस झापा कार्यालयकी प्रमुख चन्द्रकला भण्डारीले उक्त अवसरमा राससको स्थानीय अवस्था, अवसर र चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles