14.1 C
Kathmandu
Thursday, March 28, 2024
spot_img

प्रेस युनियन महाधिवेशनलाई हेटौँडामा सचिवालय स्थापना

नेपाल प्रेस युनियनको बागमती प्रदेशको राजधानी हेटौँडामा आउँदो साउन ६ र ७ गते हुने नवाँै राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिइएको छ । महाधिवेशन तयारीका लागि हेटौँडामा सचिवालय स्थापना गरिएको छ ।

नेपाली कांगे्रस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सो सचिवालयको उद्घाटन गर्दै महाधिवेशनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको महाधिवेशनमा अधिराज्यभरिका करिब एक हजार ५०० प्रतिनिधि र अतिथिको सहभागिता रहने बताउनुभयो । महाधिवेशनको तयारीका लागि केन्द्रीय तथा स्थानीय समिति गठन भइसकेको जनाइएको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । महाधिवेशन सम्पन्न गर्न युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समिति बनाएको छ । सहसंयोजकमा केन्द्रीय सदस्य गिरिजा अधिकारी, आवास व्यवस्थापन समिति संयोजकमा सुजन विडारी, पोष्टराज अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन र प्रचारप्रसारको जिम्मेवारी केशव समर्पणलाई दिइएको छ ।

त्यस्तै मूल आयोजक स्वागत सत्कार समितिको संयोजकमा युनियनका उपाध्यक्ष ईश्वरी ओझा र विधान मस्यौदा संशोधन समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी कार्यवाहक महासचिव भीष्मराज ओझा तथा कोषाध्यक्ष सरोज अधिकरीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।

साथै अधिवक्ता तेज रावलको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको बताइएको छ । सो महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको युनियनले जनाएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles