25.5 C
Kathmandu
Friday, June 2, 2023
spot_img

आखेटोपहारसहित दुईजना पक्राउ

प्रहरीले आखेटोपहारसहित दुईजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले संरक्षित वन्यजन्तु भालुको आखेटोपहार अवैध रुपमा बेचविखन गर्ने अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ का हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का भजिन्द्र दर्जीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले संरक्षित वन्यजन्तुको आखेटोपहार बेचबिखन गरिरहेको अवस्थामा गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका उनीहरुसँग रहेको आखेटोपहारसमेत बरामद गरेको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको प्रवक्ता महतोले
बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,794FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles