28.2 C
Kathmandu
Friday, June 2, 2023
spot_img

अवरुद्ध मध्यपहाडीको रुकुमपूर्व खण्ड पुनः सञ्चालन

रुकुमपूर्वको भूमे गाउँपालिका–३ दोमैमा पहिरो झर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ । मङ्गलबार साँझ सडक माथिबाट पहिरो खस्दा आवागमन बन्द भएको थियो ।

सडकमा झरेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

काठमाडौँ, पोखरा, बागलुङबाट आएका सवारीसाधन काँक्री र खावाङमा थुनिएका थिए भने रुकुमपश्चिमबाट आएका सवारी रुकुमकोटमै थन्किएका थिए । सडक पुनः सञ्चालन भएसँगै सवारीसाधन गन्तव्यतिर लागेका छन् ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,794FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles