मोरङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बेलबारी नगरपालिका-३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बिकले ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको जनाइएको छ ।
अहिले उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।