27.7 C
Kathmandu
Wednesday, September 27, 2023
spot_img

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्ने प्रधानमन्त्रि दाहालको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा बोल्दै युवा आत्मनिर्भर र स्वावलम्बी भएमा देशको आर्थिक समृद्धि हासिल गर्न सकिने दावी गर्नुभयो।

राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

युवाको शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्दै युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्नुपर्ने समेत उहाँले बताउनुभयो। ‘परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ। उहाँले भन्नुभयो, ‘युवाको बृहत्तर विकासका लागि परिषद्ले गरिरहेको सकारात्मक पहलको उच्च प्रशंसा गर्दछु। ‘

युवाको हकहित, युवा नेतृत्वको विकास गर्नका लागि सरकारले २०७२ फागुन १९ गते उक्त परिषद् स्थापना गरेको हो । अहिले परिषद्को प्रदेश, जिल्ला र स्थानीय तहमा संरचना छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,873FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles