27.1 C
Kathmandu
Saturday, September 23, 2023
spot_img

एमालेले आज लोसपासँग माग्यो मत: पार्टीको निर्णयले जवाफ दिने अध्यक्ष ठाकुरको तर्क

राष्ट्रपतिको निर्वाचन आउन अब ६ दिन शेष रहेको छ। नेकपा (एमाले) बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मतको माग गर्दै एमाले नेताहरु आज लोसपाका अध्यक्ष महन्त ठाकुरलाई भेटेका छन्।

शुक्रबार लोसपा नेपालको पार्टी कार्यालयमा पुगेर एमाले तर्फबाट उम्मेदवार बनेका नेम्वाङले आफूलाई राष्ट्रपतिमा सघाउन अध्यक्ष ठाकुरलाई आग्रह गरेका हुन्।

उक्त भेटवार्तामा नेम्वाङको साथमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेताहरु रहेका थिए। सोहि भेटवार्तापछि अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने बताइएको छ। अध्यक्ष ठाकुरले ८ दलिय गठबन्धन बनेकोले पार्टीको निर्णय अनुसार हुने समेत बताइएको छ।

यसअघि एमालेले राप्रपा, रास्वपा र नेकपा एस सँग भेटवार्ता गर्दै राष्ट्रपतिको निर्वाचनको लागि मत मागेको थियो।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,868FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles