आज ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ चलचित्रको पहिलो प्रदर्शन रहेको छ। शुक्रबार प्रदर्शन भइरहेको उक्त चलचित्र बहुप्रतिक्षित मानिएको छ। फरकफरक शैलीमा निर्माण गरिएको चलचित्र यतिबेला प्रतिष्पर्धामा उत्रिएका छन्।
अहिले चलचित्रकर्मीहरुले कसले बढी चर्चा पाउने हो भन्ने कतुहुलता रहेको छ। रिलिजको पहिलो दिन दुइटै चलचित्रले शत प्रतिशत अकुपेन्सीको आशा गरेका थिए तर दर्शकको फ्लोले अलिकति सन्तोषजनक नभएको देखिएको छ।
‘छड्के-२ को वितरण अधिकार सुनिल मानन्धरले लिएका छन्। सुनिल मानन्धरको अनुसार शनिबार देखि चलचित्रले फ्लो लिने सभावना रहेको छ। ‘माहोल हेर्दा १०० प्रतिशत अकुपेन्सी हुने आशा थियो । तर, हलमा आज अकुपेन्सी त्यति राम्रो भएन । हेरौं भोलिबाट वर्ड अफ माउथले केही परिवर्तन ल्याउँछ कि ? मानन्धरले भने।
साथै यतिबेला ‘छड्के २’ भन्दा ‘छक्का पञ्जा ४’ को अकुपेन्सी तुलनात्मक रुपमा राम्रो देखिएको बताएइको छ।