स्याङ्जामा स्कार्पियो दुर्घटना: ५ जना घाइते


काठमाडौँ  – स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१४, तमादीमा स्कार्पियो जिप दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार ग १ च ८९१३ नम्बरको स्कार्पियो जिप वालिङबाट सिरबानीतर्फ जाँदै गर्दा मङ्गलबार बिहान सडकबाट करिब ४ मिटर तल खसेको थियो।

दुर्घटनामा घाइते हुनेहरू:
१. उमापति डुम्रे (६३ वर्ष, सिरबानी, वालिङ–१४)
२. भीमप्रसाद डुम्रे (सिरबानी, वालिङ–१४)
३. कोषकान्त डुम्रे (७८ वर्ष, सिरबानी, वालिङ–१४)
४. कुमाकला तिवारी (३३ वर्ष, हुवास, पैयुँ गाउँपालिका–६, पर्वत)
५. कमल तिवारी (११ वर्ष, हुवास, पैयुँ गाउँपालिका–६, पर्वत)

प्रहरीका अनुसार सबै घाइतेहरूको उपचार वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार