काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षक संस्थाहरूको नियमनमा कडाइ गरेको छ । विदेशी विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएर नेपालमा सञ्चालनमा रहेका कलेज तथा शिक्षण संस्थाहरूको नियमनमा कडाइ गर्न थालेको हो ।
लामो समयदेखि नियमनको अभाव रहेका त्यस्ता शिक्षण संस्थाहरूको नियमन र व्यवस्थित गर्न पछिल्लो समय दुई कार्यदल गठन भएका छन् । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले एक कार्यदल गठन गरेकी थिइन् । त्यसपछि वर्तमान शिक्षामन्त्री विद्या भट्टराई समेत अर्को कार्यदल गठन गरेर सुझाव माग गरेकी हुन् ।