24.1 C
Kathmandu
Tuesday, March 26, 2024
spot_img

निटफेस्ट– २०२२ मङ्सिर ९ देखि १७ गतेसम्म हुने

‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च ःविविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२२’ (निटफेस्ट) को दोस्रो संस्करण आयोजना हुने भएको छ ।

सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए तापनि विविध कारणले आगामी मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुँदैछ । नाटक हेर्ने परम्परालाई बढाउन महोत्सवको आयोजना गर्न लगिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले जानकारी दिनुभयो ।

“हामी विदेशमा विभिन्न फेस्टिभलमा सहभागी हुन्छौँ तर हामीकहाँ किन यस्ता महोत्सव भइरहेका छैनन् भनेर यसलाई सुरु गरेका हौँ । हामी नाटकलाई महोत्सवका रूपमा मनाउन चाहन्छौँ”, उहाँले भन्नुभयो ।

नाटक घर नै व्यस्थापन गर्न अप्ठ्यारो स्थिति रहेकाले यसलाई दुई वर्षको अन्तरालमा आयोजना गर्ने तयारीअनुरूप सुरुआत गरिएको महोत्सव निर्देशक सिर्जना सुब्बाले बताउनुभयो । निटफेस्ट २०२२ मा विश्वभरिबाट छनोट भएका नाटकको सूची र मञ्चन तालिका सार्वजनिक गर्दै निर्देशक सुब्बाले छनोट भएका २२ नाटकको महोत्सवमा कूल ३२ मञ्चन हुने जानकारी दिनुभयो ।

“विभिन्न देशका कला, संस्कृति, राजनीतिक–सामजिक परिवेश र वस्तुस्थिति तथा भावना र संवेगको समग्रता महोत्सवमा पाइनेछ”, उहाँले भन्नुभयो । आयोजक मण्डला थिएटर नेपालले सार्वजनिक गरेको सूचीमा नेपालका छ नाटक र विश्वभरिबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका प्रकाशित भएको छ ।

महोत्सवमा नेपालसहित भारत, भूटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्तराज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् । तालिका अनुसार मण्डला थिएटरको मुख्य नाटकघर, स्टुडियो र खुला परिसर गरी तीन स्थानमा हरेक दिन फरकफरक नाटकको एकदेखि पाँच मञ्चनसम्म हुनेछन् । महोत्सवमा नौ नाटकको भने दुई–दुई मञ्चन हुने उल्लेख छ । नौ दिनसम्म आयोजना हुने महोत्सव मङ्सिर ९ देखि मङ्सिर १७ (नोभेम्बर २५–डिसेम्बर ३) सम्म हुनेछ । शुभारम्भको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुनेछन् ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles