25.1 C
Kathmandu
Friday, September 15, 2023
spot_img

थाइल्याण्डमा नेपाल प्रवद्र्धन

प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले थाइल्याण्डमा ‘नेपाल सेल्स मिशन २०२२’ मार्फत नेपालको गन्तव्यको प्रवद्र्धन गरेको छ ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित कार्यक्रममा नेपालका ११ बिक्रेता पर्यटन व्यावसायिक कम्पनी र थाइल्याडका ४५ भन्दा बढी टुर अपरेटरलगायत करिब ८० जना सरोकारवालाको सहभागिता रहेको थियो । ‘बीटुबी शत्र’ औपचारिक समारोह र नेटवर्किङ डिनर रिसेप्सन भव्यताका साथ सम्पन्न भएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।

पाटा नेपालले थाइल्यान्डस्थित नेपाली राजदूतावास, नेपाल एयरलाइन्स, पाटा अन्तर्राष्ट्रिय र पाटा थाइल्याण्ड च्याप्टर, थाई ट्राभल एजेन्ट्स एशोसिएशन, एसएस ग्रुप थाइल्याण्ड, नेपाली उद्योग परिसङ्घ (सिएनआइ) र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजसँगको सहकार्यमा नेपाल सेल्स मिसन आयोजना गरेको हो ।

कोभिड–१९ महामारीपछिको पर्यटन पुनःरुत्थान अभियानअन्तर्गत विदेशी स्रोत बजारमा गएर पहिलो पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको पाटा नेपालले जनाएको छ । पाटा नेपालका पदाधिकारीसहित २० पर्यटन व्यवसायीको प्रतिनिधिमण्डलले अगष्ट २ देखि ४ गतेसम्म थाइल्याण्डको सोङखलामा आयोजना हुने छैटौँ पाटा डेस्टिनेसन मार्केटिङ फोरममा समेत सहभागिता जनाएको छ ।

कार्यक्रममा थाइल्याण्डका लागि नेपालका राजदूत गणेशप्रसाद ढकालले थाई ट्राभल एजेन्टस तथा आगन्तुकलाई सहज भिसा सेवा, नेपाल भ्रमणको सम्बन्धमा जानकारी तथा अन्य आवश्यक सहयोग प्रदान गर्न नेपाली दूतावासले सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो । नेपालको पर्यटन क्षेत्रका आकर्षणका बारेमा प्रकाश पार्दै उहाँले नेपालको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न सहभागीलाई आग्रह पनि गर्नुभयो ।

पाटा अन्तर्राष्ट्रियकी प्रमुख कार्यकारी निर्देशक लिज ओर्टिगेराले महामारीपछिको पर्यटन प्रवद्र्धनका लागि आफू पहिलोपटक सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै पाटा च्याप्टरहरुबीचको सहकार्य तथा समन्वयमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा पाटा नेपाल च्याप्टरको उच्च सक्रियताको प्रसंशा गर्नुभयो । उहाँले नेपाललगायत विश्वभरका पाटा सदस्य संस्थाहरू तथा गन्तव्यको पर्यटन पुनःरुत्थान एवं प्रवद्र्धनमा पाटाले आफ्नो स्रोत र विशेषज्ञता उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

सीएनआइका महानिर्देशक दीपकराज जोशीले नवीनतम अद्यावधिक र जीवन्त अनुभव प्रदान गर्ने गन्तव्यको रूपमा नेपालको आकर्षणका बारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुभयो । उहाँले थाई ट्राभल एजेन्टले नेपालसँग जोडिएर कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा समेत अवधारणा प्रस्तुत गर्नुभएको थियो ।

पाटा नेपालका अध्यक्ष विभूति चन्द ठाकुरले विश्वव्यापी महामारीले दुई मित्रराष्ट्र नेपाल र थाइल्याण्डबीचको पर्यटन आदानप्रदानलाई प्रवद्र्धन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सबै सरोकारवालालाई पर्यटन क्षेत्रको पुनःरुत्थान तथा दिगो विकासका लागि हातेमालो गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले बैंककमा आयाजित नेपाल सेल्स मिशन नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र यसको दिगो पर्यटन विकासका लागि नयाँ बाटो र अवसरको प्रवद्र्धन गर्दै महामारीपछिको पर्यटन पुनःरुत्थान अभियानमा सहयोग पु¥याउन समयसापेक्ष र फलदायी पहल भएको विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, पाटा थाइल्याण्ड च्याप्टरकी अध्यक्ष सुश्री बेन मोन्टगोमेरीले नेपालको पर्यटन पुनःरुत्थान पहलका लागि शुभकामना व्यक्त गर्नुभयो । थाई ट्राभल एजेन्ट्स एशोसिएशनका उपाध्यक्ष शिवेक सचदेवले नेपालको दिगो र वातावरणमैत्री पहलको प्रशंसा गर्दै आफ्नो थाई पर्यटन समुदायलाई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

थाइल्याण्डमा नेपाल वायुसेवा निगमका कन्ट्री म्यानेजर होमप्रसाद पराजुलीले सहज जडान, राष्ट्रिय ध्वजावाहकको प्रवद्र्धन भाडा र थाई एजेन्टलाई विशेष सुविधाको बारेमा जानकारी दिनुभयो । लुम्बिनी विकास कोषका सद्भावनादूत विक्रम पाण्डेले भगवान बुद्धको जन्मस्थल लुम्बिनी वरपर विकास भइरहेका पर्यटन पूर्वाधार र पर्यटकीय गतिविधिको सम्भावनालाई प्रकाश पार्दै थाइल्याण्ड–नेपाललाई बौद्ध पर्यटनको माध्यमबाट जोड्नेबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,868FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles