22.7 C
Kathmandu
Friday, March 24, 2023
spot_img

तालाबन्दीपछि दैनिक काम प्रभावित

बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएपछि कार्यालयको कार्यसम्पादन प्रभावित भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरुवामा लापरवाही गरेको भन्दै नगरप्रमुख सुरथ पुरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीनरूपमा तालाबन्दी गर्नुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएपछि कार्यालयको नियमित कार्य प्रभावित हुँदै आएको छ । मन्त्रालयले २०७९ साउन ११ गते सचिवस्तरको निर्णयलाई उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हरिलाल पुरीको सरुवा गरेको भए पनि मन्त्रालयले पुनः २०७९ साउन १५ गते उक्त निर्णय उल्टयाउँदै पुनः पुराना सुमनकुमार कार्कीलाई प्रमुख प्रशासकीय अधिकृत पदमा बहाली गरेसँगै विवादले चरम रूप लिएको छ ।

पुराना प्रमुख प्रशासकीय अधिकृत कार्कीले कार्यालयको कार्यसम्पादन गर्दा नगरसभाका पदाधिकारीसँग समन्वय नगरी काम गर्दै आएकाले उहाँलाई कार्यालयमा पुनः हाजिर नगराउने अडानका साथ नगरप्रमुख पुरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीनरूपमा तालाबन्दी गर्नुभएको छ ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भई यही साउन १३ गते कार्यालयमा हाजिर भइसक्नुभएका पुरीको स्थानमा पुनः कार्कीलाई मन्त्रालयले बहाली गरेपछि समस्या सिर्जना भएको हो । पुनः सरुवा थमौती हुनुभएका कार्की सो नगरपालिकामा विगत करिब दुई वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ । यता यसबारे प्रमुख प्रशासकीय अधिकृत कार्कीले आफू कर्मचारी भएकाले आफूलाई खटाइएको स्थानमा काम गर्ने प्रतिक्रिया दिनुभयो ।

यसबारे मन्त्रालयका प्रवक्ता (सहसचिव) वसन्त अधिकारीले नगरपालिकामा नगरसभाका पदाधिकारीसँग प्रमुख प्रशासकीय अधिकृतले समन्वय नगरेको वा कुनै गल्ती काम गरेको भए मन्त्रालयमा लिखित निवेदन दिन सक्ने तर नगरप्रमुखले आफँैले तालाबन्दी गर्न नमिल्ने बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,743FollowersFollow
20,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles