21.1 C
Kathmandu
Friday, April 19, 2024
spot_img

राष्ट्रिय स्क्वाश प्रतियोगिता

चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वाश प्रतियोगिताअन्र्गत मास्टर खुलातर्फको विधामा दिलीप अधिकारी फाइनल पुग्नुभएको छ ।

दिलीप अधिकारीले कर्नेल इन्द्रबहादुर कार्कीलाई २–१ ले पछि पार्दै फाइनल पुग्नुभएको हो । यसैगरी आजै भएको दोस्रो सेमिफाइन खेलको प्लेट च्याम्पियनसिपतर्फको विधामा राजकृष्ण महर्जनले कमल शाक्यलाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्नुभयो ।

राजकृष्णले कमललाई ४–११, ११–५, ११–९, ११–९ स्कोरले पराजित गर्नुभएको हो । सोही विधाको अर्को खेलमा प्रयाग जोशीले जुनिल शाक्यलाई ३–१ ले पराजित गर्नुभयो । प्रयागले जनिलमाथि १२–१०, ११–३, ८–११, ११–३ को स्कोरले पाखा लगाउनुभयो ।

शुक्रबार पुरुष खुला, मास्टर खुला, महिला खुला तथा छात्र यु–१९ विधाका सेमिफाइनल खेल सञ्चालन हुनेछ । प्रतियोगिता यही साउन २१ गतेसम्म सञ्चालन हुनेछ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles