• २०८२ फाल्गुन २८ गते बिहिवार
  • Preeti To Unicode

सिन्धुलीमा बुबाले आफ्नै छोरा हत्या गरेको आरोप, ७६ वर्षीय डोमान सिंह पक्राउ


काठमाडौँ -सिन्धुली जिल्लामा ७६ वर्षीय डोमान सिंह सार्कीलाई आफ्नै छोरा लिलाबहादुरको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, डोमान सिंहलाई शनिबार राति पक्राउ गरिएको हो।घटनाको विवरण अनुसार, घरायसी विवादको क्रममा डोमान सिंहले आफ्नै ४९ वर्षीय माइला छोरा लिलाबहादुरलाई गल प्रहार गरेका थिए, जसका कारण लिलाबहादुर गम्भीर घाइते भएका थिए।

घाइते लिलाबहादुरको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।

प्रहरीले डोमान सिंहलाई कर्तव्य ज्यानको आरोपमा पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार