• २०८२ फाल्गुन ४ गते सोमवार
  • Preeti To Unicode

गुल्मीमा एचपीभी खोप अभियानको शुभारम्भ: ११,४८८ किशोरीलाई खोप लगाइने


काठमाडौँ – महिला स्वास्थ्यको सुरक्षा र पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि नेपाल सरकारको एचपीभी (HPV) खोप अभियानको गुल्मी जिल्लामा शुभारम्भ गरिएको छ। यस अभियानअन्तर्गत १० देखि १४ वर्ष उमेरका ११,४८८ किशोरीहरूलाई खोप लगाइनेछ।

एएचपीभी खोपलाई विश्व स्वास्थ्य संगठन (WHO) ले मान्यता प्रदान गरेको छ र यो खोप विश्वका ५० भन्दा बढी देशहरूमा लगाइएको छ। स्वास्थ्य विज्ञहरूले यस खोपलाई पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि अत्यन्त प्रभावकारी र सुरक्षित मानेका छन्।

गुल्मी जिल्लामा ३ सय ९२ खोप केन्द्रहरू स्थापना गरिएका छन्, जहाँबाट खोप वितरण गरिनेछ। यस अभियानको सफल सञ्चालनका लागि १८६ जना स्वास्थ्यकर्मी र ३७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरिएका छन्।

गुल्मी स्वास्थ्य कार्यालयले माघ महिनाको २ गतेदेखि ९ गतेसम्म खोप अभियानका लागि तालिम प्रदान गरेको थियो। सरकारको उद्देश्य देशभरका १७ लाख किशोरीलाई एचपीभी खोप लगाउनु रहेको छ।

यो खोप अभियानले महिलाको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार