बाढीपहिरो र डुबान अपटेटः हालसम्म २ सय ३९ जनाको मृत्यु, १८ जना अझै बेपत्ता


काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरोमा परी अहिलेसम्म दुई सय ३९ जनाको मृत्यु भएको भने १८ जना अझै बेपत्ता रहेका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार १७८ जना घाइते भएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।यही असोज १२ गते आएको बाढीपहिरोले काठमाडौं उपत्यका, काभ्रेलगायत बागमतीमा ठुलो क्षति भएको छ ।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार