• २०८१ मङ्सिर १९ गते बुधवार
  • Preeti To Unicode

लोड बोर्डले सवारी साधनको सहयोगी बन्ने सफ्वेयर र मोबाइल एप ल्यायो


काठमाडौं । लोड बोर्ड प्रालिले सफ्वेयर र मोबाइल एप निर्माण गरेको छ । नेपाल सरकारद्वारा प्रवर्धन थरिएको डिजिटल नेपाल फ्रेमवर्कलाई टेवा दिनका लागि लोड बर्डले यस्तो एप निर्माण गरेको हो । जसले लजिस्टिक्स इकोसिस्टममा संलग्न कैरियर्स, ड्राइभर्स र अन्य प्रमुख सरोकारवालाहरुलाई एकीकृत प्लेटफर्ममा एकजुट गर्ने काम गर्दछ ।

जीपीएस ट्रेयाकिंङ सिस्टमबाट मालवाहक गाडीहरुको स्थान, तौलपुलले देखाएको तौल साथै गाडीको अवस्थाबारे सम्पूर्ण जानकारी तुरुन्तै प्राप्त गर्न सकिन्छ । उक्त सफ्टवेयरको उद्देश्य लजिस्टिक्स चेनका हरेक सहभागीलाई सशक्त बनाउनको निम्ति एक सहज, प्रभावकारी र सहयोगी वातावरण सिर्जना गर्नु हो ।

लोडबोडले डेटा विश्लेषण र स्वचालित प्रणालीहरूको प्रयोग गरेर परिवहन र लजिस्टिक्स प्रक्रियाहरूलाई अझ प्रभावकारी र कुशल बनाउँछ । जसले गर्दा व्यवसायीहरु आफ्ना प्रतिस्पर्धीहरूभन्दा अघि रही अग्रणी भूमिका खेल्न सक्छन् । यस प्लेटफर्मले वास्तविक समयको ट्र्याक गरी स्वचालित प्रक्रियाहरूमार्फत सिपर, क्यारियर्स र ड्राइभरहरू बीच स्पष्ट सञ्चार प्रदान गर्दै पारदर्शितालाई प्रवर्धन गरि लजिस्टिक्स नेटवर्कमा सुमधुर सम्बन्ध कायम गर्दै विश्वास निर्माण गर्न मद्दत गर्दछ ।

जसमा अहिले नेपाल ट्रक यातायात व्यवसायी महासंघ पनि जोडिन आएको छ । लोडबोडको चालक एपमार्फत महासंघ अन्तर्गतका स्थानीय संघमा जोडिएका सवारी साधनहरु तौलपुलमा क्यूआर स्क्यान गरि गाडी इन्ट्री गर्ने तथा सुविधा प्राप्त गर्नसक्छन्।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार