काठमाडौं । काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बा१४च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी–८ काफलडाँडामा दुर्घटना हुँदा काठमाडौंका ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। गम्भीर घाइते खनालको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए।
उक्त दुर्घटनामा घाइते भएका गाडी चालक ४६ वर्षीय विश्वनाथ अधिकारी, ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल, ५१ वर्षीया गायत्री खनाल र ६३ वर्षीय चन्द्रनाथ शर्माको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।