• २०८२ मङ्सिर २२ गते आइतवार
  • Preeti To Unicode

आईजीपी वसन्त कुँवर इन्टरपोलको ९२औँ महासभामा सहभागी


 

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९२ औँ महासभामा सहभागी भएका छन् । स्कटल्यान्डमा आयोजित महासभा कार्तिक २२ सम्म सञ्चालन हुनेछ ।

इन्टरपोलको महासभामा सहभागी हुन कुँवर कार्तिक १८ मा बिहान १ बजे त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा सशस्त्र प्रहरी बलका डीआईजी अन्जनी कुमार पोखरेल र नेपाल प्रहरीका एसपी कोमल शाह पनि सहभागी छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक २० गते मङ्गलवार