शिक्षा समितिको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको एक समितिको बैठक आज पनि बस्दैछ । सङघीय संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुने छ । बैठक सिंहदरवारस्थित संसद सचिवालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार