16.1 C
Kathmandu
Wednesday, March 27, 2024
spot_img

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । बर्दिबासवाट खटिआएको अख्तियारको टोलीले विभिन्न उजुरीका कागजात नियन्त्रणमा लिएको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले जानकारी दिनुभयो ।

बृहत्तरबाट भएको विभिन्न निर्माण सम्बन्धीको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छापा मारी सो सम्बन्धी कागजात नियन्त्रणमा लिएर गएको प्रमुख अधिकारीले बताउनुभयो । यसभन्दा पूर्व बृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै छापा हानेर अख्तियारले सम्बन्धित कागजात लिएको थियो । त्यो मुद्दा भने अख्तियारले मुल्तवीमा राखेको छ ।

बृहत्तरले मधेश प्रदेशका धनुषा र महोत्तरी कार्यक्षेत्र रहेका जिल्लाका विभिन्न पालिकाबाट दर्जनाँै उजुरी अख्तियारमा छन् । बृहत्तरले काम नै नगरी मिलेमतोमा उपभोक्ता समिति तथा ठेकेदारलाई भुक्तानी दिएको, प्राविधिकले मूल्याङ्कनभन्दा बढी रकम निकासा गरेको, गाडी खरिदमा समेत व्यापक अनियमितता भएको उजुरी परेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles