16.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

गाडीको ठक्करबाट मृत्यु

पनौती–बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे

छ ।

शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा७३प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताउनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङ छन् । घटनापश्चात उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनीको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाका अनुसार ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles