17.1 C
Kathmandu
Wednesday, March 27, 2024
spot_img

वीरगञ्ज महानगरपालिकाको कार्यपालिकाले पूर्णता पायो वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् । ३२ वडा रहेको यस महानगरको कार्यपालिका सदस्यको निर्वाचनबाट ती दुई पार्टीका चार–चार सदस्य निर्वाचित हुनुभएको हो । दलित वा अल्पसङ्ख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका कन्हैया प्रसाद , जसपाका खैरुद्धिन मियाँ धोबी र निरञ्जन प्रसाद सोनार निर्वाचित हुनुभयो । यसैगरी पाँच महिला सदस्यमा पनि सत्ता गठबन्धनमध्येबाट कांग्रेसका कनिका कौशिक, नितुकुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावतीदेवी राजपुतिन र रबुलसन खातुन निर्वाचित हुनुभएको हो । कार्यपालिका सदस्यका लागि भएका निर्वाचनमा १६२ मतदातामध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नारायणी अस्पताल आइतबारसमेत सञ्चालनमा नारायणी अस्पतालले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । सरकारले देशभरका सरकारी सङ्घसंस्था र कार्यालय सातामा दुई दिन शनिबार र आइतबार बन्द गर्ने निर्णय गरे पनि नारायणी अस्पताल भने दैनिक बिरामीको उपचार सेवाका लागि आइतबार बन्द नहुने भएक हो । सो अस्पतालमा आइतबारका दिन पनि ओपिडी, शल्यक्रिया, लयाबलगायतका सबै नियमित उपचार सेवा सञ्चालनमा रहने अस्पताल प्रशासनले जनाएको छ । यद्यपि आइतबारका दिन उपचार सेवाबाहेक अन्य प्रशासनिक काम भने बन्द रहने छन् । अस्पताल विकास समितिका अनुसार सेवाग्राही र अस्पतालमा उपचार गराउन आउने बिरामीलाई मध्यनजर गर्दै आइतबारका दिन पनि सबै सेवा नियमितरूपमा सञ्चालनमा आउने अस्पताल प्रशासनले जनाएको छ । सार्वजनिक बिदा दिन खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल व्यवस्थापन पक्षले एक दिन बराबरको अतिरिक्त पारिश्रमकि उपलब्ध गराउने अस्पताल प्रशासले जनाएको छ । इन्धनको खपत घटाउन भन्दै सङ्घीय सरकारले गत जेठ महिनादेखि प्रत्येक हप्ताको शनिबार र आइतबार दुई दिन गरी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । अस्पतालका अनुसार नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही र भारत विहारका कयौँ स्थानबाट गरी दैनिक ५०० बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् । ३२ वडा रहेको यस महानगरको कार्यपालिका सदस्यको निर्वाचनबाट ती दुई पार्टीका चार–चार सदस्य निर्वाचित हुनुभएको हो ।

दलित वा अल्पसङ्ख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका कन्हैया प्रसाद , जसपाका खैरुद्धिन मियाँ धोबी र निरञ्जन प्रसाद सोनार निर्वाचित हुनुभयो । यसैगरी पाँच महिला सदस्यमा पनि सत्ता गठबन्धनमध्येबाट कांग्रेसका कनिका कौशिक, नितुकुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावतीदेवी राजपुतिन र रबुलसन खातुन निर्वाचित हुनुभएको हो ।

कार्यपालिका सदस्यका लागि भएका निर्वाचनमा १६२ मतदातामध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नारायणी अस्पताल आइतबारसमेत सञ्चालनमा

नारायणी अस्पतालले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । सरकारले देशभरका सरकारी सङ्घसंस्था र कार्यालय सातामा दुई दिन शनिबार र आइतबार बन्द गर्ने निर्णय गरे पनि नारायणी अस्पताल भने दैनिक बिरामीको उपचार सेवाका लागि आइतबार बन्द नहुने भएक
हो ।

सो अस्पतालमा आइतबारका दिन पनि ओपिडी, शल्यक्रिया, लयाबलगायतका सबै नियमित उपचार सेवा सञ्चालनमा रहने अस्पताल प्रशासनले जनाएको छ । यद्यपि आइतबारका दिन उपचार सेवाबाहेक अन्य प्रशासनिक काम भने बन्द रहने छन् । अस्पताल विकास समितिका अनुसार सेवाग्राही र अस्पतालमा उपचार गराउन आउने बिरामीलाई मध्यनजर गर्दै आइतबारका दिन पनि सबै सेवा नियमितरूपमा सञ्चालनमा आउने अस्पताल प्रशासनले जनाएको छ ।

सार्वजनिक बिदा दिन खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल व्यवस्थापन पक्षले एक दिन बराबरको अतिरिक्त पारिश्रमकि उपलब्ध गराउने अस्पताल प्रशासले जनाएको छ । इन्धनको खपत घटाउन भन्दै सङ्घीय सरकारले गत जेठ महिनादेखि प्रत्येक हप्ताको शनिबार र आइतबार दुई दिन गरी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । अस्पतालका अनुसार नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही र भारत विहारका कयौँ स्थानबाट गरी दैनिक ५०० बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles