24.9 C
Kathmandu
Thursday, September 21, 2023
spot_img

आजको मौसम: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा पनि आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माहाशाखाको अनुसार रातिको समयमा देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अहिले काठमाण्डौको तापक्रम २४ डिग्री सेल्सियस देखि २६ डिग्री सेल्सियस सम्मको तापक्रम रहने छ भने आकाशमा सामान्य बादल लागेको छ।

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,868FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles