asd
25.1 C
Kathmandu
Thursday, July 18, 2024
spot_img

पहिले र अहिलेको होली पर्व

विगत वर्ष झैं यसवर्षको रंगहरुको पर्व होली हामी माझ आईपुगेको छ। आज देखि पसलपसलमा रंग तथा टी-सर्टले बजार नै रंगीन मै भएको छ। यसले होलीको रौनक छाएको देखाउछ। तर गाउँघर तिर बढ्दो आधुनिकताले होलीको महत्व र मान्यतालाई पछि पार्दै गएको छ।

गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली (फागु) खेल्ने चलन पछिल्लो समय हट्दै गएको हो । मौलिक परम्परा, संस्कार संस्कृतिभन्दा माथि उठेर भड्किलो पाराले होली मनाउने संस्कार गाउँमा भित्रिन पुगेकाले परम्परागत संस्कृति हराउन थालेका हुन् ।

पहिले होली आउनु एक दुई दिन अगाडि नै मादल, झ्यालीलगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाइने गरिन्थ्यो । अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको छ । आजभोलि युवा पुस्ताले विभिन्न ठुलाठुला भिडभडमा होलि मनाउन मन पराउछन।

यस्तै सहरी क्षेत्रको डिजे गितहरुको नाच जसलाई डान्स भनेर बुझिन्छ। त्यसलाई गाउँ क्षेत्रमा लगिएको छ। गाउँघरमा शहरी परिवेशले छुन थालेपछि मौलिक भाकामा होली गाउने र नाच्ने प्रचलन हराउँदै गएको हो । कतिपय अवस्थामा जेष्ठपुस्ताले युवाको होली प्रचलनमा आधुनिकता देखेर चिन्ता व्यक्त समेत गर्दछन।

गाउँघरमा साथीभाइ जम्मा भएर कसैले होली गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायतका वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेल्दा निकै आनन्द लागेको अनुभव हुन्थ्यो। पहिले मनाइने र अहिले मनाइने होली अर्थात् फागु पूर्णिमा संस्कृतिमा धेरै भिन्नता रहेको छ।

रंग दलेर शुभकामना साटासाट गर्दै मनाइने होली पर्व सदियौंदेखि मनाइदै आएको विभिन्न हिन्दु धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ।

कसैको लागि होली चुनौती
प्रत्येक वर्षको होलीमा आउने गर्छ तर विभिन्न व्यक्तिहरुले गुनासो सुनाउने समेत गर्दछन। होली खेल्न मन नहुनेहरुलाई रंग नदल्नु पानी नछ्याप्नु । तर यो लागुभएको पाइदैन् । जबर्जस्ती गर्नेलाई कारवाही गरिने भने पनि व्यवहारिक रुपमा भने लागु भएको पाइदैन । प्रशासनले यसपटक भने इच्छाविपरित रंग दल्ने र लोला हान्नेलाई दुई वर्ष थुनामा राख्ने कानुन ल्याएको छ । तर त्यो कत्तिको लागु हुने हो हेर्न बाकी नै छ । रङमा खुर्सानीको धुलो हाल्ने, फोहोर पानीले छ्याप्ने अझै गर्ने गरेको पाइन्छ । यसले उत्सव नभएर होलीप्रति नकारात्मकता देखाउँछ।होलीका दिन अतिआवश्यक काम परेर बाहिर निस्किएका जो कोहीलाई सहमतीमा नै रंग दल्नु वेश हुन्छ । कतिपय शोकको घडीमा रहेकाले रंग लगाउन हुँदैन । त्यसप्रति पनि सजक हुनुपर्ने देखिन्छ ।

होलीको महत्व
वास्तवमा हाँस र हँसाउ , जसले रंग लाइदिन्छ, उसलाई रंग लगाइदेउ , क्षमा गर सहनशील बन यसको मुख्य संदेश हो । धार्मिक तथा सांस्कृतिक आयाम बोकेको यो पर्व विशेषत भारत वर्षका राज्यहरु हुदै आजको दिनमा विश्वका विभिन्न मुलुकमा फरक–फरक शैलीले मनाउदै आएको पाइन्छ ।

होली पर्वलाई रंगहरुको पर्वको रुपमा पनि लिइने गरिएको छ । एक आपसमा एकता ,भाइचार तथा सहअस्तित्वको भावनाजगाउनपनि यो पर्वको महत्व रहेको छ । यस पर्वले समाजमा रहेका विभिन्नजाती समुदायहरुलाई एकता बद्ध गर्न समेत महत्व पूर्ण भूमिकानिर्वाह गरेको छ ।

असत्यमाथि सत्यको सधै जीत हुन्छ भन्ने कुरा स्थापितगदै समाजलाई सत्यका पक्षमा एकीकृत हुनगरिएको साझाअपिलको रुपमा होली पर्वलाई लिन सकिन्छ । नेपाली समाजमापनि यस पर्वलाई विभिन्नजाती समुदायले आ–आपनै किसिमले मनाउने गरेको पाइन्छ ।

होली खेल्दा स्वास्थ्यमा वृद्धि
हाल बजारमा उपलब्ध हुने विभिन्न रंगहरुमा मानव स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने तत्वहरुको समिश्रण रहने कुरा बैज्ञानिक पुष्टी भइसेको छ ।आयुर्वेदका ज्ञाताहरुले प्राकृतिक रुपमा तयार पारिएका विभन्नि प्रकारका रंगहरुको प्रयोगबाट स्वास्थ्यलाई समेत फाइदापुग्ने हुन्छ। यस्तै होली पर्वले मानसिक रुपले पनि स्वास्थ्य कायम गराउँछ। होली खेलिरहेको बखत व्यक्ति आफुमै खुसि हुने र खुसि साट्ने, दविएका पिडाहरु भुलेर खसीको तथा रमाइले कुराकानी गर्नाले मानसिक स्वास्थ्य राम्रो हुने गर्दछ। यस्तै सामाजिक रुपले पनि व्यक्ति स्वास्थ हुन पुग्दछ।

पौराणिक मान्यता
त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । दौत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भस्म पार्न लाग्दा उनी आफै आगोमा भस्म भएको दिनका रूपमा ‘होली–पर्व’ पर्दापण भएको मानिन्छ । दौत्यराज हिरण्यकशिपु आफ्नै पुत्र प्रह्लाद भगवान् भक्त भएकामा क्रोधी बनेका थिए ।

भगवान् विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवान्भक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्त्व अनि चलनको चर्चा गरिएको छ । भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनको रङ्गिन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,900SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles